समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा विष्णुकुमार राइको प्यानलले नै अग्रता लिएको छ।
बिहीबार कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा भईरहेको मत गणनामा सभापतिका प्रतिस्पर्धी विष्णुकुमारले सभापतिका अर्का उम्मेद्वार सर्वधन राईलाई ७७ मतले पछि पार्दा प्यानल नै अघि बढेको हो।
१ हजार मत गणना हुंदा विष्णुकुमारले ५२० मत ल्याएका छन् भने, सर्वधनले ४४३ मत ल्याएका छन्। जम्मा १ हजार ३२२ मत खसेको थियो।
यस्तै, विष्णुकुमार प्यानलको उपसभापति इवन राईले ५६९, तीर्थराज भट्टराईले ५७१, सचिव समिर राईले ५२० र ज्ञानेन्द्र जोशीले ४७६ तथा सह–सचिव सार्जन राईले ४७१ र शालिकराम बन्जाराले ४५३ मत ल्याएका छन्।
यस्तै, सर्वधन प्यानलको उपसभापति मनोज तिम्सिनाले ४०२, राजन सैजुले २८६ सचिव रामकुमार राई साम्पाङले ३९७, रोजन राईले ४०८ र सह–सचिव ध्यान वहादुर राईले ४१८, राजकुमार राईले ४२८ मत ल्याएका छन्।
सभापतिका उम्मेद्वारद्धय विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्वधन शेरबहादुर देउवा निकटका हुन्। अब ३२२ मत गणना गर्न वाँकी छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology