• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ कांग्रेस : विष्णुकुमारले मतान्तर बढायो

खोटाङ कांग्रेस : विष्णुकुमारले मतान्तर बढायो


समायोजन खबर
  • बिहिबार, मंसिर ९ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा विष्णुकुमार राईले निक्कै मतान्तर बढाएको छ।

    बिहीबार कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा भईरहेको मत गणनामा सभापतिका प्रतिस्पर्धी विष्णुकुमारले सभापतिका अर्का उम्मेद्वार सर्वधन राईसँग ४२ मतान्तर बढाएको हो।

    ८ सय मत गणना हुंदा विष्णुकुमारले ४०८ मत ल्याएका छन् भने, सर्वधनले ३६६ मत ल्याएका छन्।

    जम्मा १ हजार ३२२ मत खसेको थियो। सभापतिका उम्मेद्वारद्धय विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्वधन शेरबहादुर देउवा निकटका हुन्।
    उपसभापतिमा कसको कति मत?
    विष्णुकुमार प्यानलको उपसभापति इवन राईले ४४२, तीर्थराज भट्टराईले ४५७, सचिव समिर राईले ४०४ र ज्ञानेन्द्र जोशीले ३७९ तथा सह–सचिव सार्जन राईले ३६६ र शालिकराम बन्जाराले ३५८ मत ल्याएका छन्।

    सर्वधन प्यानलको उपसभापति मनोज तिम्सिनाले ३३३, राजन सैजुले २२७ सचिव रामकुमार राई साम्पाङले ३३०, रोजन राईले ३२७ र सह–सचिव ध्यान वहादुर राईले ३४५, राजकुमार राईले ३४० मत ल्याएका छन्।

    यस्तै, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्यहरुको पनि मत गणना भईरहेको छ। प्रत्येक पटकमा १०० गनेपछि नतिजा सुनाईदै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology