• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ कांग्रेस सभापतिमा ७ मतले विष्णुकुमार अघि बढ्यो

खोटाङ कांग्रेस सभापतिमा ७ मतले विष्णुकुमार अघि बढ्यो


समायोजन खबर
  • बिहिबार, मंसिर ९ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा ७ मतले विष्णुकुमार राई अघि बढेका छन्।

    बिहीबार कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा भईरहेको मत गणनामा सभापतिका प्रतिस्पर्धी विष्णुकुमारको २४४ मत आएको छ। अर्का सभापतिका उम्मेद्वार सर्वधन राईको २३७ मत आएको छ।

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ सय मत गन्दा पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमारले ७ मतले पूर्व राज्यमन्त्री सर्वधनलाई पछि पारेको छ। यसअघि ४ सय मत गन्दा सर्वधन ४ मतले अघि बढेको थियो।

    १ हजार ३७३ जना क्षेत्रिय प्रतिनिधि मध्येमा १ हजार ३२२ मत खसेको थियो। सभापतिका उम्मेद्वारद्धय विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्वधन शेरबहादुर देउवा निकटका हुन्।

    विष्णुकुमार प्यानलको उपसभापति इवन राईले २६८, तीर्थराज भट्टराईले २८०, सचिव समिर राईले २५१ र ज्ञानेन्द्र जोशीले २३५ तथा सह–सचिव सार्जन राईले २१९ र शालिकराम बन्जाराले २२९ मत ल्याएका छन्।

    यस्तै, सर्वधन प्यानलको उपसभापति मनोज तिम्सिनाले २११, राजन सैजुले १४४ सचिव रामकुमार राई साम्पाङले २०४, रोजन राईले २०० र सह–सचिव ध्यान वहादुर राईले २१४, राजकुमार राईले २१२ मत ल्याएका छन्।

    १ हजार ३७३ जना क्षेत्रिय प्रतिनिधि मध्येमा १ हजार ३२२ मत खसेको थियो। सभापतिका उम्मेद्वारद्धय विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सर्वधन शेरबहादुर देउवा निकटका हुन्।

    यस्तै, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्यहरुको पनि मत गणना भईरहेको छ। प्रत्येक पटकमा १०० मत गनेपछि नतिजा सुनाईदै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology