समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापति चयनका लागि गरिएको निर्वाचनको मत गणना भईरहेको छ।
बिहीबार कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा भईरहेको मत गणनामा सभापतिका प्रतिस्पर्धी सर्वधन राईको १४९ मत आएको छ। यस्तै, उनका प्रत्यासी विष्णुकुमार राईको १४२ मत आएको छ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ सय मत गन्दा पूर्वराज्यमन्त्री सर्वधनले ७ मतले पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमारलाई पछि पारेको छ।
विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल निकट हुन् भने सर्वधन शेरबहादुर देउवा निकट हुन्। १ हजार ३७३ जना क्षेत्रिय प्रतिनिधि मध्येमा १ हजार ३२२ मत खसेको खसेको थियो।
जिल्ला कार्य समितिको नेतृत्व सर्वसहमत नभएपछि निर्वाचन प्रक्रियावाट नेतृत्व चयन गर्न लागिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology