समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि गरिएको मतदानवाट १ हजार ३२२ मत खसेको छ।
बुधबार विहान सदरमुकाम दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा मतदान भएको थियो। १ हजार ३७३ जना क्षेत्रिय प्रतिनिधि मध्येमा १ हजार ३२२ मत खसेको जिल्ला निर्वाचन समितिले जनाएको छ।
राती ८:३० वजेपछि मत गणनाका लागि आचारसहिंता सम्बन्धी वैठक बसेर मत गणना गरिने जनाईएको छ।
सातौं जिल्ला अधिवेशनमा सभापतिको उम्मेद्वारीमा पूर्वराज्यमन्त्री सर्वधन राई र पूर्व पार्टी सभापति विष्णुकुमार राई छन्। पूर्वराज्यमन्त्री र पूर्व पार्टी सभापति चुनावी मैदानमा आएपछि चुनावी नतिजा कता पर्ला भनेर व्यापक चर्चा हुन थालेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology