• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस जिल्ला अधिवेशनः उम्मेद्वारको मनोनयन दर्ता धमाधम

कांग्रेस जिल्ला अधिवेशनः उम्मेद्वारको मनोनयन दर्ता धमाधम


समायोजन खबर
  • सोमबार, मंसिर ६ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनका लागि उम्मेद्वारको मनोनयन दर्ता धमाधम सुरु भएको छ।

    अधिवेनशका लागि मंगलबार पार्टी कार्यालय दिक्तेलमा उम्मेद्वारको मनोनयन दर्ता भईरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    यो समाचार तयार पार्दासम्म सभापतिको उम्मेद्वारी घोषणा गरेका पूर्वराज्यमन्त्री सर्वधन राईको समूहले मनोनयन गरिसकेको जनाईएको छ। अर्का सभापतिका उम्मेद्वारी घोषणा गरेका पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईको समुहले भने मनोनयन गर्न वाँकी रहेको छ।

    जिल्ला सभापतिका लागि पूर्वराज्यमन्त्री राई र पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमारको प्रतिस्पर्धा हुने देखिएको छ। अर्को सभापतिका उम्मेद्वारी घोषणा गरेका महासमिति सदस्य रविप्रकास राई भने पूर्वराज्यमन्त्री राईसँग सहकार्य गर्ने जनाईएको छ।
    यसैगरी, जिल्ला सभापतिका उम्मेद्वारी घोषणा गरेका महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले आईतबार नै पूर्वराज्यमन्त्री राईको समूहबाट महाधिवेशन प्रतिनिधि उठ्ने घोषणा गरिसकेका छन्।

    उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भने राती ८ वजे गरिने निर्वाचन मण्डलले जनाएको छ। मतदान भने भोली विहान ७ बजेदेखि सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology