• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस अधिवेशन : भोली उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, पर्सी मतदान

कांग्रेस अधिवेशन : भोली उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, पर्सी मतदान


समायोजन खबर
  • आइतबार, मंसिर ५ २०७८

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ।

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार मतदाताको नामावलीमा दावी विरोधदेखि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन ६ मंसिरको बिहान क्रमशः ८ बजेदेखि अपरान्ह ४ वजेसम्मलाई तोकिएको छ।

    यस्तै, मतदान प्रारम्भ भने भोलीपल्ट ७ मंसिरको विहान ७ वजेदेखि अपरान्ह १ वजेसम्मलाई समय तोकिएको जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले बताए।मतदाताको नामावलीमा दावी विरोधदेखि उम्मेद्वारको अन्तिम नामावली नेपाली कांग्रेसको पार्टी कार्यालयमा हुनेछ भने मतदान सरस्वती माध्यमिक विद्यालयमा हुनेछ।

    जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई र महासमिति सदस्य रविप्रकास राई आकाङक्षी छन्।

    महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई पनि सभापतिमा आकाङक्षी भएको बताईए पनि उनले पूर्वराज्यमन्त्री राईलाई समर्थन गरेका छन्। उनी महाधिवेशन प्रतिनिधिमा उठ्ने श्रोत बताउँछ।

    जिल्ला सभापतिका आकाङक्षी सर्वधन केन्द्रमा शेरबहादुर देउवासँग नजिक छन् भने, रामचन्द्र पौडेलसँग नजिक विष्णुकुमारलाई शेखर कोईराला निकट पूर्व पार्टी सभापति तथा महासमिति सदस्य सुवासकुमार पोखरेलले पनि सघाउने बताईएको छ। अर्का सभापतिका आकाङक्षी रविप्रकास देउवासँग नजिक छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology