• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुमनको सचिव पदमा उम्मेद्वारी घोषणा, जितको नजिक

सुमनको सचिव पदमा उम्मेद्वारी घोषणा, जितको नजिक


समायोजन खबर
  • बुधबार, मंसिर १ २०७८

  • नेपाल विधार्थी संघ(नेविसंघ)का नेता सुमन आचार्य।

    समायोजन खबर खोटाङ, नेपाल विधार्थी संघ(नेविसंघ)का नेता सुमन आचार्यले क्षेत्रिय अधिवेशनमा सचिव पदको उम्मेद्वारी दिने घोषणा गरेका छन्।

    आउँदो मंसिर ३ गते हुने क्षेत्रिय अधिवेशनका लागि पूर्व राज्यमन्त्री सर्वधन राईको समूहवाट भक्तजंग राईको सभापतिमा प्रदेश क्षेत्र ‘क’को सचिवमा उम्मेद्वारी दिने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। उम्मेद्वारी घोषणा गर्नेमा उनी संम्भवत कान्छो उम्मेद्वार हुन्।

    पार्टीमा अब नयाँ पुस्ता र नयाँ विचार हुनुपर्छ भन्ने सोच लिएर सचिव पदमा उम्मेद्वारी दिने घोषण गरेका आचार्यले पूरानो पुस्तावाट पार्टीले स्पीड लिन नसकिरहेको झलझलि देखेका भोगेका कारण प्रदेश क्षेत्र ‘क’को सचिवमा उम्मेद्वारी दिन अघि सरेको बताए।

    पार्टीको संगठनमा खटेको छु, पार्टीको हरेक कार्यक्रममा पुगेको छु। संगठन निर्माणमा सिर्जनात्मक रुपमा वैचारिक वहस गर्दै पार्टीका लागि मरिमेटेर खटेको छु। आचार्यले भने, ‘अबका पुस्ता युवाहरु साथीहरुलाई पार्टीमा स्थान दिन नै मेरो उम्मेद्वारी हो। जित सुनिश्चित जस्तै छ।’

    कांग्रेसका अग्रजहरुलाई सम्मान गर्दै युवाहरु सर्नुपर्छ भन्ने सन्देश दिदै उम्मेद्वारी घोषणा गरेको छु। कांग्रेसमा संस्थागत राजनीति पनि छैन। त्यसलाई चिर्न पनि आवश्यक छ। उनी भन्छन्, जसका लागि युवाहरु अघि सर्नु आवश्यक छ। युवालाई अघि सार्ने सुनौलो मौका नै क्षेत्रिय अधिवेशन हो। यसमा प्रतिनिधिहरु सजग हुनुपर्दछ।

    अधिकांश क्षेत्रिय प्रतिनिधिहरु आफ्नो पक्षमा रहेकाले जित सुनिश्चित भएको आचार्य बताउँछन्। ३६० मत भन्द बढी मत आउनेमा आफू विश्वस्त रहेको उनको दावि छ।
    को हुन सुमन ?
    २०५५ साल फागुन २८ गते हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा जन्मिएका आचार्यले माउण्ट एभरेष्ट बोर्डिङबाट औपचारिक शिक्षा सुरु गरेका हुन्।

    पञ्च माविवाट २०६९ सालमा प्रवेशिका परीक्षा उतिर्ण गरेर दिक्तेल बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनरत आचार्य २०७० सालमा तरुण दल वडा कमिटी सदस्य बनेर राजनीतिमा होमिएका हुन्।

    २०७२ सालयता पार्टीका लागि महत्वपूर्ण योगदान गर्दै आएका उनी २०७३ सालमा नेपाल विधार्थी संघ(नेविसंघ)को जिल्ला सदस्य भए। त्यसपछि २०७४ सालमा नेविसंघ दिक्तेल बहुमुखी क्याम्पस इकाई सभापति भए यता पार्टीका लागि उनले महत्वपूर्ण कामहरु गर्दै आएका छन्।
    कांग्रेस पार्टीका अलवा उनी गाउँठाउँमा पनि उतिकै सक्रिय छन्। २०७६ सालयता उनी दिक्तेलवारी नोवे टोल सुधार समितिका अध्यक्ष पनि हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology