समायोजन खबर खोटाङ, महिला उद्यमी संघ खोटाङको अध्यक्षमा बिमला राई चयन भएकी छन्। सोमबार खोटाङ उधोग वाणिज्य संघको कार्यालयमा सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनवाट राई सर्वसहमत रुपमा अध्यक्षमा चयन भएकी हुन्।
राईको अध्यक्षतामा १५ सदस्यीय रहेको संघको उपाध्यक्षमा हिरा श्रेष्ठ, सचिवमा मेनुका राई, सह–सचिवमा रोजिना आचार्य र कोषाध्यक्षमा भुमा मुग्राती पनि सर्वसहमत चयन भएको जनाईएको छ।
संघले उद्यमी पेशामा छरिएर रहेका महिलाहरुलाई एकिकृत गर्ने, जुनसुकै उमेरका महिलाले गर्ने उद्यमीहरुको हकहितका लागि आवाज उठाउने, व्यापारिक, सामाजिक रुपमा महिलाहरुलाई परेको समस्यामा आवाज बुलन्द गर्ने जस्ता काम गर्ने अध्यक्ष राईले बताईन्।
संघले महिलाहरुमा परेको समस्याको समाधान गर्छ, महिलालाई उद्यमी सम्बन्धी तालिम दिने गरेको छ। अध्यक्ष राईले भनिन् ‘महिला र महिला उद्यमीसँग सम्बन्धित सामाजिक कामहरुमा पनि संघले साथ सहयोग गर्दैै आएको छ।’
यसअघि, निर्मला थापा आचार्य अध्यक्ष भएको तदर्थ समितिवाट संघ चलिरहेको थियो। प्रथम साधारण सभा तथा अधिवेशनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विणादेवी राईले उद्घाटन गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology