समायोजन खबर खोटाङ,नेपाल निजामती कर्मचारी युनियन खोटाङको आठौ जिल्ला अधिवेशन सुरु भएको छ। ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा जिल्ला समन्वय समिति खोटाङको हलमा सोमबार अधिवेशन सुरु भएको हो।
अधिवेशनको नेपाली कांग्रेसका महासमिति सदस्य रवि प्रकाश राईले उद्घाटन गर्नुभएको छ। अधिवेशनका अवसरमा नेपाल निजामती कर्मचारी युनियनमा प्रवेशदेखि नै लामो समय काम गरी युनियनमा सक्रिय रहि युनियनलाई पु¥र्याएको योगदानको उच्च सम्मान गर्दै निजामती सेवाबाट अवकास लिई निवृत जिवन विताई रहनु भएका पूर्व कर्मचारीहरुलाई सम्मान गरिएको छ।
यस्तै, युनियनको अध्यक्ष पदमा रहंदा रहदै सरुवा भई बाहिरी जिल्ला जानु भएका तयन्द्र कुमार राईलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश घिमिरेले बताउनुभयो।
बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष भगत प्रसाद आचार्यले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology