• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

न्यायपालिकाको विकृति विरुद्धमा खोटाङका कानुन व्यवसायीले गरे विरोध

न्यायपालिकाको विकृति विरुद्धमा खोटाङका कानुन व्यवसायीले गरे विरोध


समायोजन खबर
  • सोमबार, कार्तिक २९ २०७८

  • विरोधमा उत्रिएका कानुन व्यवसायीहरु।

    समायोजन खबर खोटाङ, खोटाङमा पनि कानुन व्यवसायीहरुले न्यायपालिकाको विकृति विरुद्ध विरोध जनाएको छ। ‘नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाई’ दिक्तेलले जिल्ला अदालत परिसरमा कालोपट्टि सहित एक घण्टा विरोध जनाएको हो।

    न्यायपालिकाको विकृति, विसंगती र भ्रष्टाचार विरुद्ध हातमा कालोपट्टि बाँधेर सोमबार बिहान ११ बजेदेखि मध्यान्ह १२ वजेसम्म विरोध जनाईएको अधिवक्ता ओम प्रकास घिमिरेले जानकारी दिए।विकृति, विसंगती र भ्रष्टाचारमा चुर्लम्म डुबेको न्यायपालिकालाई शुद्धीकरण गर्नमा आफूहरुको विरोध कार्यक्रमले सहयोग पुग्ने घिमिरेले बताए। ११ जना वारको जिल्ला सदस्य भए पनि उपलब्ध भएका कानुन व्यवसायीहरुले विरोध जनाएका हुन्।

    नेपाली जनताको सबैभन्दा आस्थाको धरोहरको रुपमा स्थापित न्यायपालिकाका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले राजनीतिक भागबण्डा खोजेपछि कानुन व्यवसायीहरु १४ कार्तिक यता आन्दोलनमा छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology