समायोजन खबर, मुस्ताङमा हिउँ पहिरो जाँदा ९ जना घाइते छन्। हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। साथै एक घर भत्केको छ।
सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो।
सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्दछ।
हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology