समायोजन खबर खोटाङ, खोटाङको वराहपोखरी गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने भएको छ। गाउँपालिकाको वडा नं. १ वराहपोखरीमा पर्ने प्रसिद्ध धार्मिकस्थल शंखेश्वरी मन्दिर क्षेत्रमा हरिवोधनी एकादशीका दिन भव्य धार्मिक मेला लाग्ने भएकाले सार्वजनिक विदा गर्ने भएको हो।
गत कार्तिक ७ गते गाउँ कार्यपालिकाको वैठकको निर्णय अनुसार कार्तिक २८ र २९ गते हरिवोधनी एकादशी (तुलसी विवाह)का दिन धार्मिक मेला लाग्ने भएको हुँदा सो दुई दिन गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिईएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिए।
यस्तै, जन्तेढुंगा गाउँपालिकाले पनि सोही अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ। गाउँपालिका नजिकै तथा जिल्लाकै प्रसिद्ध धार्मिकस्थल शंखेश्वरी मन्दिर क्षेत्रमा हरिवोधनी एकादशीका दिन मेला लाग्ने भएकाले सार्वजनिक विदा दिएको हो।
कार्तिक २८ र २९ गते हरिवोधनी एकादशीका दिन धार्मिक मेला लाग्ने भएकाले दुई दिन गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा हुने गाउँपालिका अध्यक्ष शंखर बहादुर राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology