समायोजन खबर खोटाङ, ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ खोटाङमा पनि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ। सुपरिवेक्षकहरु मार्फत गरिएको अक्सर बसोबास गर्ने घरपरिवार सूचिकरणका आधारमा मुख्य गणना सुरु भएको हो।
जनगणनाका लागि २९० जना गणकहरु खटाईएको छ। गणकहरुले घरपरिवारमा पुगेर ७० वटा प्रश्न सोध्ने जिल्ला जनगणना अधिकरी जितबहादुर कोइरालाले जानकारी दिनुभयो।
मुख्य गणना आजवाट आउँदो मंसिर ९ गतेसम्म चल्नेछ । यसअघि भदौ ३० गतेदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचिकरण गरिएको थियो। जिल्लामा ३९ हजारभन्दा बढी घरहरुमा ४१ हजारभन्दा बढी परिवार बसोबास रहेको छ।
स्थानीय जनगणनाा कार्यालयका स्थानीय, जनगणना अधिकारीहरु, जिल्ला जनगणना कार्यालय र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको नौ सदस्यीय जिल्ला जनगणना समन्वय समितिले अनुगमन तथा सुपरिवेक्षण गर्नेछ।
नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ। नेपालमा सघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो। यसअघि २०६८ सालमा जनगणना भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology