समायोजन खबर, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ। उहाँले आज सोमवार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो।
गएको वैशाख २ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए। त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिनुभएको हो।
त्यतिबेला नेपाली कांग्रेस र अहिले सरकार चलाइरहेको नेकपा माओवादी केन्द्रबीच प्रदेशमा सरकार पालैपालो चलाउने सहमति भएको थियो। माओवादीले बढीमा कात्तिक १५ गतेसम्म सरकार चलाउने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।त्यही सहमतिअनुसार अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नु हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology