समायोजन खबर खोटाङ,नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङले जिल्लाका दशैवटा स्थानीय तहमा उत्प्रेरकको जिम्मेवारी तोकेको छ। आउदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौ महाधिवेशनलाई लक्षित गर्दै जिम्मेवारी तोकिएको हो।
१२ कार्तिकमा पुष्पलाल स्मृति भवन दिक्तेलमा वसेको जिल्ला कमिटीको सातौ सचिवालय बैठकले ऐसेलुखर्क गाउँपालिकामा लिलानाथ निरौला, केपिलासगढी गाउँपालिकामा देवविक्रम राई, रावाबेंशी गाउँपालिकामा विणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकामा रामप्रसाद दंगाल र कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्य, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्चबहादुर विश्वकर्मा, खोटेहाङ गाउँपालिकामा दीपनारायण रिजाल, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकामा रामप्रसाद दंगाललाई उत्प्रेरकको जिम्मेवारी तोकिएको आईतबार एमालेले पत्रकार सम्मेलन गरेर जनाएको छ।
उत्प्रेरकको जिम्मेवारी पाएकाहरुले २६ कार्तिकभित्र नविकरण गर्ने, नयाँ सदस्यता फारम भराउने र सदस्यताको रेकर्डलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने एमालेका पार्टी सचिव कुमारप्रसाद आचार्यले जानकारी दिए। सोही पालिकाभित्रका नेताहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी एवंम सदस्यहरु, वडा कमिटीका अध्यक्षहरु र जनवर्गीय संगठनका अगुवाहरु समेतको सक्रियतामा सबै पालिका र वडाहरुमा खटिई सदस्यता चुस्त दुरुस्त गर्ने आचार्यले बताए।
नेकपा एमाले खोटाङमा ९ हजार ६७३ जना संगठित सदस्य छन्। संगठित सदस्य संख्याका आधार र कोटामा गरी दशौ महाधिवेशनमा जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।
एमालेको सचिवालय वैठकले बेमौसमी अति वर्षाका कारण ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार र पानीले पाक्न लागेको धानवालीमा क्षति पुगेका कृषकहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । पार्टी कमिटीका सदस्यहरुलाई कृषिमा पुगेको क्षतिको लगत संकलन गर्न पनि भनेको छ।
यस्तै, २० भदौदेखि ९ कार्तिकसम्म विभिन्न पार्टी परित्याग गरी २ हजार १३७ जना एमालेमा प्रवेश गरेको, १० पालिका र ७९ वडामा भव्य रुपमा अधिवेशन सम्पन्न भई सर्वसहमतले नेतृत्व चयन हुंदा पालिकामा ७५० जना र वडामा २ हजार ४४९ जना गरी एकैचोटी ३ हजार १९९ जनाले पार्टीको नयाँ जिम्मेवारी पाएको र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा ३१ सदस्यीय पुरै कमिटी महिला मात्र बन्नुलाई ऐतिहासिक र जिल्लाकै गौरव गर्न लायक पार्टी भएको एमालेले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology