• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राप्रपा खोटाङको अध्यक्षमा ललित कुमार राई चयन, को हुन राई ?

राप्रपा खोटाङको अध्यक्षमा ललित कुमार राई चयन, को हुन राई ?


समायोजन खबर
  • आइतबार, कार्तिक १४ २०७८

  • ललित कुमार राई(जीवन)

    समायोजन खबर खोटाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको अध्यक्षमा ललित कुमार राई (जीवन) सर्वसहमत चयन भएका छन्। पार्टी एकतापछि शनिवार भएको पहिलो जिल्ला अधिवेशनबाट राई अध्यक्षमा सर्वसहमत चयन भएका हुन्।

    राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्य समिती बनाईने जनाईएको छ। अन्य पदाधिकारी चयन भने जिल्ला कार्य समितीको पहिलो बैठकले गर्नेछ।
    अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ। दुवै क्षेत्रमा ७७/७७ सदस्यीय समिती हुनेछ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन भएकी छन्। नगरपालिकामा ९५ सदस्यीय समिती बनाईने जनाईएको छ।

    क्षेत्रको अन्य पदाधिकारीहरु क्षेत्रले र नगरको अन्य पदाधिकरीहरु नगरले छान्ने राप्रपाका कार्य सम्पादन समिति सदस्य रविन चाम्लिङले बताए। अधिवेशन अघि राप्रपाले दिक्तेलबजारमा ¥याली निकालेको थियो।
    को हुन ललित राई ?
    हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका निर्वाचित वडाध्यक्ष राईले २०३७ सालदेखि राप्रपा पार्टीको राजनीति सुर गरेका हुन्। उनलाई जिल्लामा संम्भावना बोकेको युवा नेताको रुपमा चिनिन्छ।

    राप्रपावाट गाउँ कमिटी बाम्राङको वडा सदस्य हुंदै, जिल्ला युवा संघको सदस्य अनि अध्यक्ष भएका राई २०५४ सालमा पार्टी फुट्दा जिल्ला सहसचिव, जनशक्ति पार्टी र राप्रपा एक हुंदा सर्वसहमतमा जिल्ला अध्यक्ष बनेका थिए।

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक हुंदा जिल्ला सह, अध्यक्ष, एक नम्बर प्रदेशको सहसचिव भएका राई त्यसपछि पुनः पार्टी फुटेपछि सर्वहमत रुपमा जिल्ला अध्यक्ष बनेका हुन्।

    यो पनि,राप्रपा हाईहाई, कांग्रेस-कम्युनिष्ट बाईबाई 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology