• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ब्लड क्यान्सर पिडित बालकलाई पत्रकार राईको आर्थिक सहयोग

ब्लड क्यान्सर पिडित बालकलाई पत्रकार राईको आर्थिक सहयोग


समायोजन खबर
  • शनिबार, कार्तिक १३ २०७८

  • बालकका बुवालाई सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार उजुर राई(दायाँ)।

    समायोजन खबर खोटाङ, खोटाङका पत्रकार उजुर राईले ब्लड क्यान्सर पिडित बालकलाई आर्थिक सहयोग गरेका छन्। पत्रकार राईले दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१५ विजयखर्कका ६ वर्षीय क्यान्सर पिडित बालक पुरुषोतम कटवाललाई सहयोग गरेका हुन्।

    शनिबार प्रेस सेन्टर नेपालको कार्यालयमा राईले बालकका बुवा लेखबहादुर कटवाललाई १५ हजार आर्थिक सहयोग गरेका हुन्।
    विगतमा परिवारमा घटेका घट्नालाई सम्झेर आर्थिक सहयोग गरेको हुं। भक्कानै पत्रकार राईले भने, ‘मैले मेरो आमा र श्रीमतीलाई आर्थिक अभावकै कारण उपचार गराउन पाईन। पिडितहरुलाई केही गरौ भनेर सहयोग गरेको हो। जति सक्ने सहयोग यस्तै पिडितहरुलाई गर्दै जानेछु।’

    बालकको अनुहारमा रगत कम हुंदै गएको र दिनप्रति दिन कमजोर हुंदै गएपछि जिल्ला अस्पताल दिक्तेलमा उपचारमा ल्याईए पनि अस्पतालले तत्काल कान्ति वाल अस्पताल काठमाण्डौ लैजानु भनेपछि असारमा त्यहाँ पु¥याउँदा बालकमा ब्लड क्यान्सर देखिएको बालकका बुवा लेखबहादुरले बताए।

    ब्लड क्यान्सर देखिएपछि असारबाटै कान्ति वाल अस्पतालमा भर्ना गरेर बालकको उपचार भईरहेको छ। हालसम्म चार लाख खर्च भईसकेको छ। बालकको उपचारका लागि २०/२५ लाख लाग्ने अस्पताललाई उद्धृत गर्दै लेखबहादुरले सुनाए। उनको १ मात्रै छोरा र २ छोरी छन्।

    हालसम्म आफन्तवाट चन्दा ४ लाख संकलन भएको र त्यो सबै उपचारमा खर्च भईसकेको छ। छोराको उपचारमा सहयोग गरिदिन उनले अपिल गरेका छन्। पत्रकार राईले सहयोग गरे लगत्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राईले पनि ३ हजार आर्थिक सहयोग गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology