• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिसो बढेको बढ्यै

चिसो बढेको बढ्यै


समायोजन खबर
  • शनिबार, कार्तिक १३ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, केही दिनयता लगातार तापक्रम घट्दै गएको छ । देशका अधिकांस ठाउँमा पनि चिसो बिस्तारै बढ्दै गएको मौसमविद्ले बताएका छन्। ठूलो पानी नपरेसम्म तापक्रम बिस्तारै घट्दै जाने तर ठूलो पानी पर्यो भने एक्कासी न्यूनतम तापक्रम कम भएर चिसो ह्वात्तै बढ्न सक्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो।

    तर अहिले पानी पार्ने कुनै प्रणाली नदेखिएकाले तत्काल पानी पर्ने र ह्वात्तै चिसो बढ्ने सम्भावना भने छैन। एक, दुई डिग्री सेल्सियसले तापक्रम घट्दै गएको भए पनि चिसो अनुभव हुन थालेको छ।

    बिहान हुस्सु तथा कुहिरो लाग्न थालेको छ। आज पनि काठमाण्डौसहित देशका केही पहाडी भेगमा हुस्सु लागेको छ। आज गण्डकी र प्रदेश एकका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ। बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology