• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी हुन एमालेका गाउँपालिका/नगरपालिका कमिटी अध्यक्ष र सचिव

यी हुन एमालेका गाउँपालिका/नगरपालिका कमिटी अध्यक्ष र सचिव


समायोजन खबर
  • बुधबार, कार्तिक १० २०७८

  • समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङको गाउँपालिका/नगरपालिका अधिवेशन मंगलबार सकिएको छ। संघीय संरचना पछिको प्रथम अधिवेशनबाट सर्वसहमत नयाँ नेतृत्व चयन भएका छन्।

    एमालेले जनाए अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कमिटी अध्यक्षमा गोपाल आचार्य, सचिवमा चित्रकुमार राई तथा हलेसी तुवाचुङ नगरपालिकाको नगर कमिटि अध्यक्षमा डिल्ली चाम्लिङ र सचिवमा प्रमोद श्रेष्ठ सर्वसहमत चयन भएका छन्।

    रावाबेशी गाउँपालिका कमिटी अध्यक्षमा बलराम रिजाल, सचिवमा यज्ञनारायण श्रेष्ठ (राजु) केपिलासगढी गाउँपालिका कमिटी अध्यक्षमा खगेन्द्र राई, सचिवमा नारायण राई, ऐसेलुखर्क गाउँपालिका कमिटी अध्यक्षमा टेकेन्द्र राजभण्डारी तथा सचिवमा माधव राई चयन भएका छन्।

    साकेला गाउँपालिका कमिटी अध्यक्षमा आश्विनचन्द्र राई, सचिवमा शिव वस्नेत चयन भएका छन् भने, दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटी अध्यक्षमा कृष्ण कार्की र मनोज राई सचिव भएका छन्।

    खोटेहाङ गाउँपालिका कमिटी अध्यक्षमा बिकास राई, सचिवमा अम्बर बस्नेत, जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्षमा यामकुमार राई, सचिवमा जगत राई तथा वराहपोखरी गाउँपालिका कमिटी अध्यक्षमा दीर्घ मगर र सचिवमा निश्चल खड्का चयन भएका छन्।

    अधिवेशनवाट दुई नगरपालिका, आठ गाउँपालिकामा ७५ सदस्यीय गाउँ/नगर कमिटि बनेको छ। योसँगै ७५० जनाले पार्टीको विभिन्न जिम्मेवारी पाएका छन्

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology