• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु

खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु


समायोजन खबर
  • सोमबार, कार्तिक ८ २०७८

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। सुनसरीको धरान–१५ का ५४ वर्षीय किसन राईको मृत्यु भएको हो।

    आईतबार साँझ अन्दाजी साढे ५ वजे मध्यपहाडी लोकमार्ग हुंदै भोजपुर जानेक्रममा दिक्तेल रुपाकोट मझुवागढी–८ दोर्पा चिउँरीडाँडको पंखु खोलास्थित भीरबाट लडेर राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो।

    गाडीवाट ओर्लिएर शौच गर्ने क्रममा सडकवाट अन्दाजी सय मिटर तल खसेका राईको त्यही मृत्यु भएको थियो। राईको मृत्यु भएको खबर प्रहरी चौकी दोर्पा चिउँरीडाँडालाई पुगेको थियो।

    त्यसपछि घट्नास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक साहको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरेर शवलाई जिल्ला अस्पतालमा ल्याई राखिएको छ। राईको आफन्तसँग सम्पर्क भईसकेको र उनीहरु आएपछि पोष्टमार्टम गरिने प्रहरी निरीक्षक साहले बताउनुभयो।

    हाल हङकङ वसोवास गर्दै आएका राई विदा मनाउन नेपाल आएको बुझिएको छ। राई सवार गाडीमा काठमाण्डौ नार्गाजुन नगरपालिका–२ का सशस्त्र प्रहरी बलका पूर्वएसपी प्रेम श्रेष्ठ, श्रेष्ठको श्रीमती र राईको अमेरिकाकै एकजना साथी थिए।

    घट्नाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology