• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ एमाले वडा अधिवेशन:आधाभन्दा बढी वडामा नेतृत्व चयन

खोटाङ एमाले वडा अधिवेशन:आधाभन्दा बढी वडामा नेतृत्व चयन


समायोजन खबर
  • शनिबार, कार्तिक ६ २०७८

  • समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङको वडा अधिवेशन आधाभन्दा बढी वडामा सम्पन्न भएको छ। जिल्लाका ७९ वडामध्येमा यो समाचार तयार पार्दासम्म ६० भन्दा वढी वडामा सर्वसमतिय ढंगबाट नेतृत्व चयन भईसकेको नेकपा एमाले खोटाङले जनाएको छ।

    अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक तथा उपसचिव दुई र ३१ वडा सदस्य चयन भएको नेकपा एमाले खोटाङका पार्टी अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिनुभयो। दंगालका अनुसार साँझ ६ वजेसम्म ७९ वडैमा सहमतिय ढंगवाट नेतृत्व चयन हुनेछ।

    शनिवार एमालेको देशभर भईरहेको वडा अधिवेशन अन्तर्गत यहाँ पनि वडा अधिवेशन भईरहेको हो। ९ कार्तिकमा सात सय ५३ पालिकामा अधिवेशन हुनेछ।

    एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ। सोही तयारीका लागि आज देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन भईरहेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology