समायोजन खबर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण देखिएको छ। ९११ जनाको पीसीआर परीक्षण गर्दा १०३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा ७, उदयपुरमा ५ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३५ महिला र ७१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology