• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका छ स्थानीय तहको लेखापरीक्षण सकियो

खोटाङका छ स्थानीय तहको लेखापरीक्षण सकियो


समायोजन खबर
  • सोमबार, असोज ११ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङका छ स्थानीय तहको लेखापरीक्षण सकिएको छ। महालेखापरीक्षकले ति स्थानीय तहहरुको आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण सकेको हो।

    अहिलेसम्म दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेशी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाकोे लेखापरीक्षण सकिएकोे महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

    केपिलासगढी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको लेखापरीक्षण भईरहेको छ। लेखापरीक्षणका लागि महालेखापरीक्षकको कार्यालयवाट भदौको अन्तिम साता निर्देशक प्रकाश खत्री र पदम प्रसाद आचार्यको टोली खोटाङ आएका हुन्।

    खत्रीको टोलीले दिप्रुङ, खोटेहाङ, बराहपोखरी गाउँपालिकाको लेखापरीक्षण सकेको हो। सोही टोलीले जन्तेढुगा गाउँपालिकाको तीनदिन अघिबाट लेखापरीक्षण गरिरहेको छ। त्यसपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लेखापरीक्षण गरिने निर्देशक खत्रीले बताए।

    आचार्यको टोलीले हलेसी, रावाबेंशी, ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण सकेको हो। आचार्यको टोलीले केपिलासगढी गाउँपालिकाको लेखापरीक्षण गरिरहेको छ। यहि टोलीले साकेला गाउँपालिकाको लेखापरीक्षण गर्नेछ।
    यो पनि पढ्नुहोस,खोटाङका स्थानीय तहमा करोडौंको बेरुजु, कुनमा कति हेर्नुहोस 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology