समायोजन खबर, नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर ६ प्रतिशतमा झरेको छ। पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
१३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ।
यही अवधिमा थप नौ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन्।
अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख दुई हजार तीन सय एक मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ। योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख ३६ हजार चार सय एक र एक मात्रा लगाउनेको सङ्ख्या ६६ लाख नौ हजार दुई सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology