• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सर्वसाधारणका लागि मुक्तिनाथ मन्दिर खुल्यो

सर्वसाधारणका लागि मुक्तिनाथ मन्दिर खुल्यो


समायोजन खबर
  • आइतबार, असोज १० २०७८

  • मुक्तिनाथ मन्दिर

    समायोजन खबर, कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि पूजाआजाका लागि खुला गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयमा असोज ५ मा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरे अनुसार आइतबारदेखि खुला गरिएको हो । अन्य जिल्लामा जस्तै मुस्ताङमा पनि संक्रमणको जोखिम कम हुँदै गएकाले अन्य जिल्लामा जस्तै मुस्ताङको धार्मिक क्षेत्र पनि खुला गरिएको हो।

    ‘अहिले सोह्र श्राद्धको बेला पनि रहेको छ। यो बेलामा मुस्ताङ आएर दिवंगत आफन्तलाई पिण्ड दान गर्ने तथा मुक्तिनाथ दर्शन गर्नेहरूको मुख्य बेला पनि हो‚’ उहाँले भन्नुभयो, ‘जोखिम कम हुँदै गएकाले आजदेखि पूजाआजाका लागि मन्दिर खुला गरिएको छ।’

    मन्दिर खुला भए पनि पूजाआजाका क्रममा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गरिएको हुनुपर्ने प्रजिअ पौडेलको भनाइ छ। त्यसमा पनि स्वदेशीका लागि पिसिआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकामध्ये कुनै एक प्रमाण र विदेशीका लागि पछिल्लो सात दिनभित्रको पिसिआर रिपोर्ट देखाएर मात्रै मन्दिरमा प्रवेश गर्न पाउने निर्णय गरिएको छ ।

    हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर गत वैशाखदेखि बन्द गरिएको थियो। गत भदौमा निषेधाज्ञाको अन्त्य गरिएपछि पर्यटकहरूको चहलपहल बिस्तारै बढ्दै गएकोमा मुस्ताङको प्रमुख आकर्षणहरूमध्येको एक मुक्तिनाथ मन्दिर पनि खुला भएपछि बन्द रहेको पर्यटन व्यवसाय सुधारिने बाटोमा जाने कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनु भयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology