समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतिमा चक्रकुमार राई विजयी भएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन, खोटाङ कांग्रेसको सातौ जिल्ला अधिवेशन तथा हलेसी नगरको पहिलो नगर अधिवेशनवाट राई भारी मत ल्याउँदै नगर सभापति बनेका हुन्।
मतदान प्रक्रियामा भएको अधिवेशनमा राईले १२४ मत ल्याएका थिए। नगर सभापतिका लागि राई र रमेशकुमार राउत चुनावी मैदानमा उत्रेका थिए। ६७ मतान्तरले राईले राउतलाई पछि पारेका हुन्। राउतले ५७ मत ल्याएका थिए। त्यहाँ १९४ मत खसेको थियो।
नगर सभापतिमा पराजय भएका राउत कांग्रेसका युवा नेता तथा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका हालको निर्वाचित वडाध्यक्ष हुन्।
यस्तै, राईको प्यानल नै विजयी भएका छन्। राईको टिमवाट उपसभापतिमा देवेन्द्र राई, काशिराज राई, सचिवमा कमल गिरी, किशोर कुमार वस्नेत तथा सह–सचिवमा युवराज कार्की र खेमराज कार्की विजयी भएका छन्।
को हुन नगरको सभापति बनेका चक्र
वि.स २०५२ सालदेखि २०५६ सालसम्म माध्यमिक तह हुंदै क्याम्पस तहसम्म नेविसंघको राजनीति गरेका राई २०५६ मा नेविसंघ दिक्तेल बहुमुखी क्याम्पस इकाई सभापति बने।
२०६२/०६३ को जन आन्दोलनमा कांग्रेसको सक्रिय राजनीति गर्दै आएका राई हाल कांग्रेसको जिल्ला कार्य समितिको भूमिकामा छन्।
राजनीतिमा लामो योगदान नगरिएको भए पनि अब भने हलेसी नगर कांग्रेसलाई थप मजवुत र संगठन विस्तारलाई तिव्र पार्ने राईको योजना छ ।
हलेसी नगरमा राईलाई कांग्रेसको खम्बाको रुपमा चिनिने गरिन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology