समायोजन खबर खोटाङ, नेपाली कांग्रेसको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सभापतिमा प्रकाश श्रेष्ठ विजयी भएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा खोटाङ कांग्रेसको सातौ जिल्ला अधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट कांग्रेस खोटाङका अनुशासन विभाग प्रमुख तथा दिक्तेल–१ का निर्वाचित वडासदस्य श्रेष्ठले नगर सभापतिका अर्का दाबेदारी रामचन्द्र राईलाई पछि पार्दै विजयी भएका हुन्।
मतदान प्रक्रियामा भएको अधिवेशनमा श्रेष्ठले राईलाई ६२ मतले पछि पार्दै विजयी बनेका हुन्। ३०५ मत खसेकामा श्रेष्ठले १७९ तथा राईले ११७ मत ल्याएका थिए। राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा हालको निर्वाचित वडाध्यक्ष हुन्।
यस्तै, श्रेष्ठको टिमवाट उपसभापतिमा बुद्धि विनोद लुईटेल र सचिवमा गिरिराज राई तथा राईको टिमवाट उपसभापतिमा अनिता राई, सचिवमा चन्द्र बहादुर केसी र सह–सचिवमा गोपाल प्रसाद आचार्य विजयी भएका छन् ।
छुटाउनु भयो कि,खोटाङ कांग्रेस अधिवेशन:यि हुन नयाँ सभापति
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology