• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा मलेपको टोली

बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा मलेपको टोली


समायोजन खबर
  • बिहिबार, असोज ७ २०७८

  • लेखापरीक्षण गर्दै महालेखाको टोली। फाइल तस्विर।

    समायोजन खबर खोटाङ, महालेखापरीक्षकले खोटाङको बराहपोखरी गाउँपालिकाको लेखापरीक्षण थालेको छ। महालेखाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्न थालेकोे हो।

    महालेखापरीक्षकको कार्यालयका निर्देशक प्रकाश खत्री सहितको तीन जनाको टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको लेखापरीक्षण सकेर बुधबारदेखि बराहपोखरीको लेखापरीक्षण थालेको हो।

    खत्रीको टोलीले बाँकी जन्तेढुंगा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेलको लेखापरीक्षण गर्ने जनाएको छ।

    यस्तै, महालेखापरीक्षकको कार्यालयका निर्देशक पदम प्रसाद आचार्यको टोलीले ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण सुरु गरेको छ। हलेसी तुवाचुङ नगरपालिका र रावाबेशी गाउँपालिकाको लेखापरीक्षण सकेर बुधबारदेखि ऐसेलुखर्कको लेखापरीक्षण सुरु गरेको जनाईएको छ।

    आचार्यको टोलीले केपिलासगढी गाउँपालिका र साकेला गाउँपालिकाको लेखापरीक्षण गर्नेछ। भदौ अन्तिमबाट खत्री र आचार्यको टोलीले जिल्लाका स्थानीय तहहरुको लेखापरीक्षण गर्न थालेको थियो।

    यो पटक भने महालेखापरीक्षकको टोली पालिकामै पुगेर लेखापरीक्षण गरिरहेको पाईएको छ। गत वर्षहरुमा महालेखापरीक्षकका कर्मचारी र पालिकाका कर्मचारी मिलेर पायक पर्ने स्थानमा बसेर लेखापरीक्षण गरेको पाईएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology