• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्शुराम राई प्रतिष्ठानले खोटाङका सबै माविलाई दिन थाल्यो स्वास्थ्य तथा खेलकुद सामग्री

पर्शुराम राई प्रतिष्ठानले खोटाङका सबै माविलाई दिन थाल्यो स्वास्थ्य तथा खेलकुद सामग्री


समायोजन खबर
  • शनिबार, असोज २ २०७८

  • स्वास्थ्य तथा खेलकुद वितरण गर्दै पर्शुराम राई प्रतिष्ठानका संरक्षक रविन चाम्लिङ राई लगायत ।

    समायोजन खबर खोटाङ, खोटाङका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा स्व.पर्शुराम राई प्रतिष्ठानले स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्न सुरु गरेको छ। कोभिडले वन्द भएका विद्यालयहरु सञ्चालन भएसँगै कोभिड रोकथाम तथा नियन्त्रण र विद्यालय जान प्रेरित गर्न ति सामग्रीहरु वितरण गर्न सुरु गरेको हो।

    शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालिका माविमा कार्यक्रम गरी छ वटा माविलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्दै उक्त अभियानको सुरुवात गरिएको प्रतिष्ठानका सचिव ईन्द्रकुमार राईले जानकारी दिए। राईका अनुसार कालिका माविसहित विद्दोदय मावि दोर्पा, अन्नपूर्ण मावि बुवालुङ, मनकामना जनकल्याण मावि निर्मलीडाँडा, सरस्वती मावि पाथेका र महेन्द्रोदय आधारभूत विद्यालयलाई एकसाथ सामग्री वितरण गरिएको छ।

    छ वटा माविलाई १० हजार माक्स, ५ लिटरको २४ जार सेनिटाइजर र प्रत्येक विद्यालयलाई भलिवल र नेट १/१ थान, सानो भलिवल २/२ वटा र ३/३ वटा फोहोर संकलनका लागि ठूलो डस्टबिन वितरण गरिएको छ। माक्स र सेनिटाईजर भने विद्यालयहरुले बाँडफाँड गर्नेछ।
    नेर्पाको हकमा जनता आधारभूत विद्यालय, रामपुर प्रावि, जनजाग्रति प्रावि, निरौले प्रावि, नेर्पा प्रावि र साकेला प्राविलाई पनि सानो भलिवल २/२ वटा, टिटि ब्याट/बल २/२ वटा, पम्म १/१ वटा र फोहोर संकलनका लागि ठूलो डस्टबिन ३/३ वटा वितरण गरिएको छ। स्वास्थ्य तथा खेलकुद सामग्री प्रतिष्ठानका सल्लाहकार आरके दाहाल, अरबिका थापा, संरक्षक टंकबहादुर श्रेष्ठ र रविन चाम्लिङ, उपाध्यक्ष चन्द्रकुमारी राई लगायतले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।

    प्रतिष्ठानको पहल तथा ग्रिन भिलेज हाउजिङ प्रालि र अभिनेत्री मनिषा कोईरालाको एनसीभी नेपाल संस्थाको सहयोगमा स्वास्थ्य तथा खेलकुद सामग्रीहरु वितरण गरिएको हो। सुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका २२ वटा माविमा सामग्री वितरण गरिने प्रतिष्ठानका संरक्षक चाम्लिङले बताए। त्यसपछि क्रमशः ७३ वटा मावि तथा सामुदायिक र संस्थागत विद्यालयहरुमा स्वास्थ्य तथा खेलकुदका सामग्री वितरण गरिने उनको भनाई छ।

    आईतबार सरस्वती मावि दिक्तेलमा कार्यक्रम गरी ११ वटा माविलाई स्वास्थ्य तथा खेलकुदका सामग्री वितरण गरिने प्रतिष्ठानले जनाएको छ । त्यसपछि चम्पावती मावि बुईपामा ५ वटा माविलाई सामग्री वितरण गरिनेछ।
    यस्तै, प्रतिष्ठानले नेर्पाका सातजना बृद्धबृद्धालाई सम्मान गरेको छ। स्वास्थ्य तथा खेलकुद सामग्री वितरण कार्यक्रमको अवसरमा नेर्पाका धनप्रसाद पराजुली, कुमारी कृष्ण राई, राम बहादुर राई, कमला गुरुङ, वृष बहादुर दाहाल, पत्थर बहादुर राई र अर्जधन राईलाई १/१ वटा लठ्ठी र १/१ वटा थर्मस दिएर सम्मान गरेका हुन्।

    यसैविच, प्रतिष्ठानका सल्लाहकार श्रेष्ठले कालिका माबिमा अक्षय कोष स्थापनाका लागि प्रअ बेदीकुमार राईलाई ५० हजारको चेक हस्तान्तरण गरेका छन्। कालिका माविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई व्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गरेका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology