• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संक्रमित भन्दा संक्रमणमुक्त हुने बढी

संक्रमित भन्दा संक्रमणमुक्त हुने बढी


समायोजन खबर
  • बिहिबार, भाद्र ३१ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, पछिल्लो २४ घण्टामा एक हजार पाँच ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार १५ हजार एक सय ७९ नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि भएको हो।

    नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ। सक्रिय संक्रमित २५ हजार सात सय ७२ जना छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र दुईभन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन्।

    यस्तै उनका अनुसार संक्रमणबाट निको भई पछिल्लो २४ घण्टा एक हजार ६ सय ८९ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख ४५ हजार दुई सय १५ कोरोनामुक्त भई घर फर्किएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ९५ दशमलव ३ प्रतिशत छ।

    यस्तै संक्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ। नेपालमा प्रति दश लाखमा तीन सय ७० जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

    यस्तै चार सय सातजना सघन उपचार कक्ष (आईसीयू), एक सय २८ जना भेन्टिलेटर, २४ हजार दुई सय २२ जना होम आइसोलेसन, एक हजार पाँच सय ५०जना संस्थागत आइसोलेसन र दुई सय २० जना क्वारेन्टिनमा छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology