• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लिकुवापोखरीमा १६ जना कांग्रेसमा प्रवेश

लिकुवापोखरीमा १६ जना कांग्रेसमा प्रवेश


समायोजन खबर
  • मंगलबार, भाद्र २९ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा नेकपा एमाले लगायत पार्टी परित्याग गरी १६ जना स्थानीय नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    कांग्रेसमा प्रवेश गर्नेहरुमा दिपेश खड्का, सागर खड्का, डम्बर खड्का, उमेश विक, लोक बहादुर वस्नेत, दिल बहादुर खड्का, पुजन खड्का, लक्ष्मण महराजी, लाल वहादुर न्यौपाने, कुल बहादुर खड्का, मनोज खत्री लगायत छन्।

    पार्टी प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राईले अविर माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

    कार्यक्रममा नेबिसंघ खोटाङका पूर्व अध्यक्ष एवं जिल्ला सदस्य दिनेश घिमिरे, नेपाल तरुण दल केन्द्रीय विभाग सदस्य राजु ढकाल, वाप्लुखाका पार्टी सभापति मिलन राई, सावाकटहरेका पार्टी सभापति जेफर राई लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो।
    यो पनि पढ्नुहोस,एमालेका ४६ जना नेता कांग्रेसमा प्रवेश, युवा नेता रविप्रकाश राईले गरे भव्य स्वागत

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology