• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडा कार्यालय सोल्मामा स्थानीयले लगाए दोश्रोपल्ट ताला,सामान्य नमान्न चुनौती

वडा कार्यालय सोल्मामा स्थानीयले लगाए दोश्रोपल्ट ताला,सामान्य नमान्न चुनौती


समायोजन खबर
  • सोमबार, भाद्र २८ २०७८

  • वडा कार्यालयमा ताला लगाउदै स्थानीय।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माको वडा कार्यालयमा स्थानीयहरुले ताला लगाएका छन्। निर्माण सम्पन्न भएको वडा कार्यालयको भवन तथा जग्गाको विषयलाई लिएर असन्तुष्ट स्थानीयहरुले सोमबार दोश्रो पटक ताला लगाएका हुन्।

    वडाको नामको जग्गा एकै प्लटमा नभएको, वडा कार्य समितिले निर्णय गरेको भन्दा मापदण्ड वाहिर भवन बनेको, वडा कार्यालयको बनेको स्थानमा साँढे तीन रोपनी मात्रै र भवनदेखि तीन सय मिटर तल वडाकै नाममा अर्को डेढ रोपनी जग्गा भएको भन्दै स्थानीयहरुले ताला लगाएको हो।नगरपालिको प्राविधिक टोलीलाई जग्गा छनौट मूल्याङकन प्रतिवेदन बमोजिम जग्गा छनौट गर्न दिईएको तर, जग्गा छनौट विना कारण किर्ते गरेर मापदण्ड बाहिर गएर भवन बनेको जग्गालाई ३ स्थानको जग्गामध्ये उत्कृष्ट जग्गा भनिएको र जग्गा एक स्थानमा देखाएर फरक/फरक ठाउँको पास गरेको र वडा कार्यालय पायकमा नभएकाले ताला लगाईएको नेकपा माओवादी केन्द्र सोल्माका पार्टी अध्यक्ष सप्तमणि राईले बताए।

    स्थानीयहरुले वडा कार्यालयलाई पटक–पटक सहमतिका लागि पाँच रोपनी जमिनको प्लट एकै ठाउँ बनाउन महिना दिन दिएको अल्टिमेटममा एकै प्लट बनाउन नसकेको, वडाले असन्तुष्ट स्थानीयसँग छलफल राख्न नसकेको, पटक–पटक प्रशासनको बल प्रयोग गराएर ताला काटेको जस्ता हर्कत गरेको र बलमिच्याई गर्न खोजिंदा वडाको अपारदर्शी कामको विरुद्ध उत्रनु परेको जनता समाजवादी पार्टीका जिल्ला सदस्य तथा युवा नेता धनिराम राई नछुङले बताए।

    यसअघि स्थानीयहरुले सोही विषयलाई लिएर २०७८ असार ५ गते वडा कार्यालयमा ताला लगाएको थियो। लगाएको ताला प्रशासनले बल प्रयोग गरेर १५ भदौमा खोलेपछि पुनः स्थानीयहरुले दोश्रोपल्ट ताला लगाएको हो। ताला लगाउन नेपाली कांग्रेस सोल्माका पार्टी सभापति पदम पुरी, माओवादी केन्द्रका पार्टी वडाध्यक्ष राई र जसपाका नेता नछुङको नेतृत्वमा स्वफूर्त रुपमा स्थानीयहरु वडा कार्यालय पुगेका थिए।
    तीनवटा जग्गा छनौटमा नगरपालिकाको प्राविधिकलाई जिम्मा दिईएको भए पनि त्यही प्राविधिकहरुले बेग्लाबेग्लै भएको जग्गा छनौट गरेकामा उनीहरुको कामप्रति व्यापक शंका पाईएको स्थानीयहरुले बताएका छन्। वडाको बदमासी र वडालाई सघाउँने जो कोहीको विरुद्धमा एक भई आवाज उठाईने सोल्माका कांग्रेस पार्टी सभापति पदम पुरीले बताए। जनता उर्लेर लगाएको तालालाई सामान्य नमान्न पनि पुरीले चुनौती दिए।
    वडा कार्यालयको भवन बनिन्जेल कसैले नबोलेको, बनिसकेपछि मात्रै विरोध गरेको र विरोधको औचित्य नरहेको वडाध्यक्ष हर्क बहादुर खत्रीले बताए। नेकपा फुटेपछि पनि विरोध भएको वडाध्यक्ष खत्रीको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology