समायोजन खबर खोटाङ, महालेखापरीक्षकले खोटाङका स्थानीय तहको लेखापरीक्षण गर्न सुरु गरेको छ। महालेखाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्न सुरुवात गरेको हो।
महालेखापरीक्षकको कार्यालयका निर्देशक प्रकाश खत्रीसहितको तीन जनाको टोलीले आईतबारदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखापरीक्षण सुरु गरेकोे छ। गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल र महालेखापरीक्षको निर्देशक खत्रीवीचको छलफलपछि गाउँपालिकाको केन्द्र याङसोलाटारमा लेखापरीक्षण सुरु भएको हो।
खत्रीसहितको टोलीले दिप्रुङसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिकाको लेखापरीक्षण गर्नेछ। यहि टोलीले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेलको पनि लेखापरीक्षण गर्ने जनाएको छ।
प्राकृतिक विपत्ति वाहेकका अन्य समयमा लेखापरीक्षणका लागि महालेखाको टोली प्रत्येक पालिकामा अनिवार्य पुग्ने र शंका लागेमा फिल्ड अनुगमन गरिने निर्देशक खत्रीले बताए।
गतवर्ष वराहपोखरी गाउँपालिकाले लेखापरीक्षण गराउन खोटेहाङ गाउँपालिकामा ट्याक्टरमा राखेर कागजको पोकोपन्तेरो ल्याएको थियो। तर, सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि ट्याक्टरमा कागजपत्र लिएर आएका कर्मचारीहरु पुनः ट्याक्टरमै कागजपत्र लिएर गाउँपालिका फर्केर लेखापरीक्षण गर्न बाध्य हुनुपरेको थियो।
गएका वर्षहरुमा महालेखापरीक्षकको टोली र कर्मचारीवीचको मिलेमत्तोमा दिक्तेलवजार, होटल तथा आफूलाई पायक पर्ने स्थानमा बसेर लेखापरीक्षण गराएपछि महालेखापरीक्षक आलोचनाको शिकार भएको थियो।
हलेसी तुवाचुङ नगरपालिका, रावाबेशी गाउँपालिका, साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण भने महालेखापरीक्षकको कार्यालयका निर्देशक पदम प्रसाद आचार्यको टोलीले गर्ने जनाईएको छ।
यो पनि पढ्नुहोस,खोटाङका स्थानीय तहमा करोडौंको बेरुजु, कुनमा कति हेर्नुहोस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology