समायोजन खबर खोटाङ, प्रसव व्यथाका कारण गम्भिर बनेकी एक जना महिलाको खोटाङबाट उद्धार गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २९ वर्षीया तारा राईको हेलिकोप्टरमार्फत बिराटनगर उद्धार गरिएको हो।
सुत्केरी व्यथाका कारण स्वास्थ्य अवस्था गम्भिर भएकी उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेको भनि जिल्ला अस्पतालले रिपोर्ट गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत शनिबार दिक्तेलबजारको स्थानीय हेलिप्याडबाट उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए।
ताराको कोशी अस्पताल बिराटनगरमा भर्ना गरी शल्यक्रिया गर्ने तयारी भईरहेको उनको श्रीमान जीत कुमार राईले बताए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाबाट हालसम्म १५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology