• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा माओवादीले जिल्ला नेतृत्वको जिम्मेवारी तोक्यो, खोटाङमा को ?

प्रदेश १ मा माओवादीले जिल्ला नेतृत्वको जिम्मेवारी तोक्यो, खोटाङमा को ?


समायोजन खबर
  • सोमबार, भाद्र २१ २०७८

  • फाईल तस्विर।

    समायोजन खबर, नेकपा माओवादी केन्द्र प्रदेश समितिले जिल्ला सम्मेलनसम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ। सोमबार प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो।

    बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजक ताप्लेजुङ्गमा संयोजकको जिम्मेवारी बिजयप्रकाश बनेमले, इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन्।

    माओवादी केन्द्रले झलकसिं दर्लामीलाई झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ भने झापा संयोजकको जिम्मेवारी मनिकुमार राईले पाएका छन्। मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् भने गणेश उप्रेती जिल्ला संयोजक बनेका छन्। सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिबकुमार डाँगी सहइन्चार्ज भएका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन्।

    धनकुटा सहइन्चार्जमा धनमाया बिक र ऋषिराम ढुंगानाले संयोजकको जिम्मेवारी पाएका छन्। संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सहइन्चार्ज बनेका छन् भने संयोजकमा कृष्ण जीमी याक्खालाई जिम्मेवारी दिइएको नेकपा माओवादी प्रदेश समितिले जानकारी दिएको छ।

    भोजपुर जिल्ला सहसंयोजकको जिम्मेवारी दिलकुमार राईले र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेलले पाएका छन्। यस्तै खोटाङ सहइन्चार्जमा धुर्ब बुढाथोकीलाई र संयोजकमा देवन चाम्लिङ्ग राईलाई दिने निर्णय माओवादी केन्द्रले जनाएको छ। ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन्।

    माओवादी केन्द्रले उपयपुरमा तीन जना इन्चार्ज बनाएको छ। उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सहइन्चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology