• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बबि चाम्लिङसहित आठ जनप्रतिनिधिले त्यागे एमाले

बबि चाम्लिङसहित आठ जनप्रतिनिधिले त्यागे एमाले


समायोजन खबर
  • आइतबार, भाद्र २० २०७८

  • समायोजन खबर खोटाङ, खोटाङका जिल्ला समन्वय समिति प्रमुखसहित आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङसहित आठ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन्।

    चाम्लिङसँगै जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिकी सदस्य रञ्जना राईलगायतले आइतबार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

    यस्तै, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले एमाले छाडेर समाजवादी रोजेका हुन्।

    निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय सीमा दिएपछि जिल्लाका जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। नयाँ दल रोज्ने अन्य जनप्रतिनिधिले पनि क्रमशः सनाखत गर्ने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रहेका चाम्लिङले बताए। खोटाङका प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्।

    यो पनि पढ्नुहोस,खोटाङमा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को कार्यालय स्थापना

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology