समायोजन खबर खोटाङ,नेपाली कांग्रेस खोटाङको वडा अधिबेशन अन्तर्गत ७८ वडामा अधिबेशन सकिएकोे छ। दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्येमा ७८ वटा वडामा सर्वसम्मत र मतदान प्रक्रियावाट अधिबेशन सकिएको हो।
दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिबेशन शुक्रबार(१८ भदौ)देखि स्थगित छ। त्यहाँ के कारणले अधिबेशन नभएको भन्ने बारेमा यक्किन कुरा आफूलाई जानकारी नआएको र त्यसको समाधान गर्न छलफल भईरहेको जिल्ला निर्वाचन अधिकृत विकास भट्टराईले बताउनुभयो । चाँडै निकास निस्कने पनि भट्टराईले बताएका छन्।
हलेसी तुवाचुङ नगरपालिका, रावावेशी गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका र वराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिबेशन सकिएको थियो।
ऐसेलुखर्क गाउँपालिकाको वाकाचोल, केपिलासगढी गाउँपालिकाको सुङदेल, वाक्सिला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल २, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुलेमा मतदान प्रक्रियाबाट अधिबेशन टुंग्याईएको छ।
खोटाङमा कांग्रेसको ६ हजार ८ सय क्रियाशिल सदस्य छन्। वडा अधिबेशनबाट २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रिय प्रतिनिधि चुन्ने व्यवस्था छ।
आगामी १० असोजमा हुने जिल्ला अधिबेशनमा १ हजार ३९४ जना क्षेत्रिय प्रतिनिधि, वर्तमान सांसद हिरा गुरुङ, वर्तमान सभापति नरेश श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा उम्मेद्वार विष्णुकुमार राई, सुवास कुमार पोखरेल र समानुपाति सदस्य बीरकाजी राईले जिल्ला अधिबेशनमा सहभागि हुन पाउने छन्।
कांग्रेसको वडा अधिबेशन १८ भदौबाट सुरु भएको थियो। २७ भदौमा गाउँपालिका/नगरपालिका, १ असोजमा प्रदेश क्षेत्र ‘क’ र ‘ख’, ५ असोजमा संघिय निर्वाचन, १० असोजमा जिल्ला, असोज १०–१२ प्रदेश अधिबेशन र असोज ९–१३ गतेसम्म केन्द्रीय महाधिबेशन हुदैछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology