• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस वडा अधिबेशन : पाँच पालिकामा सर्वसम्मत, अन्यमा मतदान, २ वडा बाँकी

कांग्रेस वडा अधिबेशन : पाँच पालिकामा सर्वसम्मत, अन्यमा मतदान, २ वडा बाँकी


समायोजन खबर
  • शनिबार, भाद्र १९ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको वडा अधिबेशन अन्तर्गत पाँचवटा पालिकामा सर्वसम्मत अधिबेशन सम्पन्न भएको छ। २ वडामा अधिबेशन सम्पन्न हुन बाँकी छ।

    हलेसी तुवाचुङ नगरपालिका, रावावेशी गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका र वराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिबेशन सम्पन्न भएको हो।

    ऐसेलुखर्क गाउँपालिकाको वाकाचोल, केपिलासगढी गाउँपालिकाको सुङदेल र वाक्सिला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल २, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी, सप्तेश्वर छितापोखरी, टेम्मा र जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुलेमा मतदान प्रक्रियाबाट अधिबेशन टुंग्याईएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्मलीडाँडामा शुक्रबारदेखि अधिबेशन स्थगित छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खामा खसेको भोट भन्दा एक भोट बढी देखिएपछि मतगणना स्थगित भएको छ। खोटाङमा कांग्रेसको ६ हजार ८ सय क्रियाशिल सदस्य छन्। वडा अधिबेशनबाट २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रिय प्रतिनिधि चुन्ने व्यवस्था छ।

    आगामी १० असोजमा हुने जिल्ला अधिबेशनमा १ हजार ३९४ जना क्षेत्रिय प्रतिनिधि, वर्तमान सांसद हिरा गुरुङ, वर्तमान सभापति नरेश श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, प्रदेशसभा उम्मेद्वार विष्णुकुमार राई, सुवास कुमार पोखरेल र समानुपाति सदस्य बीरकाजी राईले जिल्ला अधिबेशनमा सहभागि हुन पाउने छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology