• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सकिएन मोडेल निशा घिमिरेलाई बचाउन,आज भयो उनको निधन

सकिएन मोडेल निशा घिमिरेलाई बचाउन,आज भयो उनको निधन


समायोजन खबर
  • बुधबार, भाद्र १६ २०७८

  • समायोजन खबर, नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो।

    अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ।

    भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला २०७८ जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो।

    उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो। निशाको शरीरमा रहेका घाउहरूमा समेत कुनै सुधार आएको थिएन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology