समायोजन खबर, प्रदेश २ मा जनता समाजवादी पार्टीका ११ जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। बुधबार जनकपुरधामस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर उनीहरूले लोसपामा सनाखत गरेका हुन्।
बुधबार निर्वाचन कार्यालयमा सनाखत गर्ने प्रदेश सांसदहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरी नरायाण साह, जानकी शरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो छन् । तर, निर्वाचन आयोगले सनाखतको समय भदौ २२ सम्म दिएकोले लोसपामा जाने सासदको संख्या बढ्ने बताइएको छ।
अहिले प्रदेश सभामा जनता समाजवादी पार्टीका ५५ जना सासद रहेका छन्। ५५ मध्ये तत्कालिन संघीय समाजवादी पार्टीका ३० र राजपाका २५ जना सासद रहेका छन्।
लोसपाका सासद तथा निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले लोसपा सनाखत गर्नेको संख्या बढ्ने बताए। उनले भने, ‘मलाई केही माननीय सासदहरू बिहीबार सनाखत गछौ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology