समायोजन खबर, सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले आफ्ना सांसदमाथि गरेको निर्णयविरुद्ध एमालेले सर्वाेच्च अदालतमा रिट दर्ता गरेको छ। आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्यसको सूचना जारी नगरेको र कारबाही गरेका नेताहरुलाई निर्वाचन आयोगले पार्टी विभाजनमा सनाखत गराएको भन्दै एमाले सर्वाेच्च गएको हो।
एमाले अध्यक्ष ओलीले वारेसनामामार्फत बुधवार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्। सो रिटमाथि आउँदो शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद कारवाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको बताए। रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ।
एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ। सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ।
एमालेले १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो। तर, सभामुख सापकोटाले कारबाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारवाही गर्नु नपर्ने निर्णय गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology