समायोजन खबर, प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन्। बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका हुन्। अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन्।
आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ। एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने आचार्यले उनीहरूले आफनो अधिकार प्रयोग गरेको टिप्पणी गरे।
प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन्। जसमध्ये एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एकएक जना सांसद छन्।
बहुमतका लागि प्रदेश सभामा ४७ मत चाहिन्छ। यस्तो अवस्थामा साना दुई दलको समर्थनले पनि एमालेलाई सरकार बचाउन पर्याप्त देखिँदैन। आजको एक महिनाभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology