समायोजन खबर खोटाङ, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दिक्तेल शाखाले दुई परिवारलाई मृत्यु दावीको बीमाङक रमक प्रदान गरेको छ। जीवन वीमा गरेका व्यक्तिहरुको मृत्यु भएपछि नियमानुसार मृतकका परिवारलाई बीमाङक रमक प्रदान गरेको हो।
शाखाले मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका मृतक दिनेश दर्जीको परिवारलाई १४ लाख र साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाका मृतक विष्णुकुमार बस्नेतको परिवारलाई १३ लाख बीमाङक रमक प्रदान गरेको जनाएको छ।
दर्जी र बस्नेतलाई बैदेशिक म्यादी जीवन बीमा वापतको रकम प्रदान गरिएको हो। बैदेशिक रोजगारीको शिलशिलामा दुवई पुगेका दर्जीले २८ जेठमा उतै ज्यान गुमाएका थिए। दुवई पुगी केही समय काम गरी कम्पनी टुटेपछि नेपाल फर्केका बस्नेतको १७ जेठमा सुनसरीको बराहक्षेत्रमा गाडी दुर्घट्नामा ज्यान गएको थियो।
मृतकका परिवारलाई बीमाङक रमकको चेक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड खोटाङ शाखाका प्रमुख नविन श्रेष्ठले हस्तान्तरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology