• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पताल स्तरोन्नतिको तयारी, ५० शय्याको भवन बन्दै

जिल्ला अस्पताल स्तरोन्नतिको तयारी, ५० शय्याको भवन बन्दै


समायोजन खबर
  • सोमबार, भाद्र १४ २०७८

  • समायोजन खबर खोटाङ, जिल्ला अस्पताल खोटाङको ५० शय्याको भवन निर्माणको तयारी थालिएको छ। जिल्ला अस्पताललाई २५ देखि ५० शैय्यामा स्तरोन्नति गर्ने संघ सरकारको नीति तथा कार्यक्रमअनुसार जिल्ला अस्पतालको ५० शैय्याको भवन निर्माणको तयारी थालिएको हो। हालको १५ शैय्याको जिल्ला अस्पतालको विरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रिया कक्ष, इमरजेन्सी वार्डलगायत रहेको भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले बताए।

    ४० मिटर लम्बाई र २०.५ मिटर चौडाई हुने चार तले भवन निर्माणको काम श्यामसुन्दर/राम सुन्दर नेपाल/फूलवारी जेभीले लिएको छ। संघीय सरकारको करिब २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्नेगरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इन्जिनियर राजकिशोर शाहले बताए।

    २०४९ साल वैशाख १ गतेमा स्थापना गरिएको अस्पतालको नयाँ भवन निर्माणका लागि पुरानो भवन हटाउन सुरु गरिएको छ। उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनअघि नजिकै प्रि–फ्यावको अस्थायी भवन बनाउन घडेरी सम्याउन थालिएको छ।

    गत ३ भदौदेखि अस्थायी भवन बनाउन घडेरी सम्याउन सुरु गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए। चार तले भवनको पहिलो तलामा ओपिडी कक्ष, इमरजेन्सी कक्ष, इमरजेन्सी अपरेसन कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रुम बनाइने छ।

    दोस्रो तलामा प्रसूति सम्बन्धी सेवा तथा प्रसूति सम्बन्धी अप्रेसन, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन वार्ड तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हल लगायतका संरचना निर्माण गरिने जनाइएको छ। स्थापनाकालमा डा. प्रकाश बिष्टले जिल्ला अस्पतालमा सेवा गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology