समायोजन खबर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आगामी असोज महिनामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने भएको छ। २२औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको १०-११ भदौमा बसेको पूर्ण बैठकले आगामी ६, ७ र ८ असोजमा राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो।
आयोजक समितिले चिरन्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिएको छ।
समितिका संयोजक ढकालले बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको भन्दै २२औँ राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरू पनि गठन गरेको बताए।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विधान तथा प्रतिवेदन लेखन उपसमितिको संयोजकमा चिरन्जीवी ढकाललाई तोकेको छ। त्यस्तै, सदस्यहरूमा प्रकाश शाही, वीरेन्द्र बिक, मिलन राई, वीरेन्द्र शाख र शारदा भण्डारी रहेका छन्। यसैगरी आर्थिक उपसमितिमा संयोजक प्रकाश शाहीलाई तोकिएको छ भने मिलन राई, नवराज भट्ट, अटल पाण्डेलगायत सदस्यहरू रहेका छन्।
ढकालले सम्मेलनमा शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजीवीकासँग सम्बधित विषयहरूमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology