• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साढे ८२ लाखमा खोटेहाङमा बन्यो आयुर्वेद शाखाको भवन

साढे ८२ लाखमा खोटेहाङमा बन्यो आयुर्वेद शाखाको भवन


समायोजन खबर
  • बिहिबार, भाद्र १० २०७८

  • आयुर्वेद शाखाको नवनिर्मित भवन ।

    समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आयुर्वेद शाखाको भवन निर्माण गरिएको छ।

    ८२ लाख ५० हजारमा निर्माण गरिएको दुई तले भवनको गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरे। यो भवन सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत निर्माण भएको हो। २० असार २०७२ मा स्थापना भएको आयुर्वेद शाखा यसअघि भवन अभावमा भाडाको घरमा सञ्चालित थियो।

    आयुर्वेद शाखाबाट खोटेहाङ गाउँपालिका सहित, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सर्वसाधारण लाभान्वित भइरहेका छन्।

    आयुर्वेद औषधिले ‘साइड इफेक्ट’ नगर्ने भएकाले पछिल्लो समय स्वास्थ्य सेवाका लागि आयुर्वेद शाखामा चेकजाँज गर्न आउने स्थानीय बढेको गाउँपालिका अध्यक्ष राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology