• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिला फुटबलको राष्ट्रिय टिममा एउटै जिल्लाका नौजना खेलाडी

महिला फुटबलको राष्ट्रिय टिममा एउटै जिल्लाका नौजना खेलाडी


समायोजन खबर
  • बुधबार, भाद्र ९ २०७८

  • समायोजन खबर खोटाङ, लामो समयदेखि महिला फुटबलमा योगदान दिँदै आएको रौतहट जिल्लाले यसपटक पनि राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागकाअनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन।

    जसअनुसार पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर एन्फा राष्ट्रिय टिममा पर्न सफल भएका छन्।

    स्वर्गीय शेरबहादुर दर्लामीले आफ्नो प्रयासमा सुरु गरेको महिला फुटबलको प्रशिक्षणमा रहेका अधिकांस खेलाडी राष्ट्रिय टिममा परेका हुन्।

    चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नुरराज काफ्लेकाअनुसार राष्ट्रिय टिममा विभिन्न विभागीय टोलीसहित २३ जनाले खेल्न पाउनेमा रौतहटबाट मात्र नौजना छनौट हुनु गर्वको विषय भएको प्रतिक्रिया दिए।

    पछिल्लोपटक सार्वजनिक सूचीअनुसार राष्ट्रिय टिममा पर्नेहरु सबै रौतहट जिल्लाकै उत्पादन रहेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताए।

    उनकाअनुसार एन्फाको महिला टिममा मात्रै होइन, अन्य विभागीय टिममा पनि रौतहटका महिला फुटबलरहरुको संख्या बढेको छ । रौतहट सबैभन्दा बढी महिला फुटबलर उत्पादन गर्ने जिल्लाको रुपमा प्रख्यात छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology