• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमाले विभाजन : सम्धी माधवतिरै, वामदेव यता न उता !

एमाले विभाजन : सम्धी माधवतिरै, वामदेव यता न उता !


समायोजन खबर
  • मंगलबार, भाद्र ८ २०७८

  • वामदेव गौतम

    समायोजन खबर, औपचारिक विभाजनको बाटोमा गएको नेकपा एमालेभित्र नेता तानातानको शृंखला सुरु भएको छ। वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किएका छन्।

    उता, माधव नेपाललाई साथ दिने बताउँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै पार्टीका बैठकमा सहभागी भएका छैनन्।

    चन्द्रागिरि रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा विगतमा एमालेमै रहेका भनिएका पाण्डे, माया ज्ञवाली, रामप्रित पासवानलगायतका नेता सहभागी भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले न्युज कारखानालाई बताए।

    उपाध्यक्ष गौतम भने हिजोदेखि जारी नेपाल पक्षधर नेताहरूको बैठकमा सहभागी भएनन् भने तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा समेत सहभागी भएका छैनन्।

    एमाले पार्टी कार्यालयका शेरबहादुर तामाङका अनुसार गौतम अहिलेसम्म बैठकमा सहभागी हुन पुगेका छैनन्। विगतमा नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य जारी बैठकमा सहभागी भए पनि गौतम हालसम्म बैठकमा उपस्थित भइनसकेको तामाङले जानकारी दिए।

    पार्टी विभाजनको कसरत भइरहेका वेला दुवैतर्फबाट केन्द्रीय सदस्य पनि तानातान चलिरहेको छ। निर्वाचन आयोगले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न साढे दुई घन्टाको समय छुट्याएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology