• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकाले खरिद गर्‍यो एम्बुलेन्स

साकेला गाउँपालिकाले खरिद गर्‍यो एम्बुलेन्स


समायोजन खबर
  • बिहिबार, भाद्र ३ २०७८

  • साकेला गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ।

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। विरामी, असक्क्त र घाईतेलाई सहज रुपमा अस्पतालसम्म लैजान–ल्याउनका लागि सहज होस भनेर एम्बुलेन्स खरिद गरेको हो।

    गाउँपालिकाको गाउँसभाको निर्णय अनुसार ठेक्का प्रणालीबाट भारतीय रुपैयाँ ५ लाख ९७ हजार ३०२ रुपैयाँमा एम्बूलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताए।

    एम्बूलेन्स खरिदका लागि गाउँसभाले २० लाख विनियोजन गरेको थियो। एम्बूलेन्स खरिद, जनशक्ती/चालक व्यवस्थापनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो।

    अग्नी इनकर्पोरेटेड प्रालि काठ्माण्डौंबाट असार २१ गते खरिद गरिएको एम्बूलेन्स तीन दिनअघि दिक्तेल आइपुगेको साकेला गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शेखरकुमार राजवंशीले बताए। हालसम्म दिक्तेलबाट साकेला जाने सडक हिलाम्मे भएका कारण एम्बूलेन्सलाई जिल्ला समन्वय समितिको प्रांगणमा राखिएको छ।

    यसअघि बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले पनि आफ्नै बजेटबाट एम्बूलेन्स खरिद गरिसकेका छन्। रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा बिदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बूलेन्स सञ्चालनमा छन्।

    जिल्लाका दश स्थानीय तहमध्ये साकेला, रावाबेंशी, बराहपोखरी र ऐसेलुखर्क गाउँपालिका बाहेक अन्यमा पालिकामा आफ्नै एम्बुलेन्स छैन। दाताहरुबाट प्राप्त भएको एम्बलेन्स मात्रै छ। दाताहरुबाट आएको एम्बुलेन्स प्रायः बिग्रने समस्या हुंदा आर्थिक भार बढ्ने गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology